Advertisement Ad

बिमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई अमर नेम्बाङ साहित्य सम्मान

Advertisement Ad

१५ माघ २०८०, पाँचथर। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले बर्षेनी प्रदान गर्ने अमर नेम्बाङ साहित्य सम्मान यस बर्ष कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई प्रदान गरिने भएको छ।

एक लाख रुपैंयाँ राशीको उक्त सम्मान तुम्खेवा र बाँस्कोटालाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले बताए। सम्मानित तुम्खेवाका बिमला तुम्खेवाका कविताहरु (सन् १९९९०), नदी छाल र तरङ्गहरु (सन् २००४), संस्मरण एउटा बुढो रुखको (सन् २००९) र हत्केलामा पृथ्वी बोकेर उभिएको मन्छे (सन् २०१९) कविता कृति प्रकाशित छन्। बाँस्कोटाको कविता सङ्ग्रह ढुङ्गाको प्रेम (वि.सं.२०७७) र नियात्रा सङ्ग्रह कञ्चनजंघाको काखबाट (वि.सं.२०७९) प्रकाशित छन्।

उक्त सम्मान यहिं माघ २६ गते पाँचथर सदरमुकाम फिदिममा एक समारोहकाबीच वितरण गरिने कवि धर्मेन्द्रबिक्रम नेम्बाङले बताए। एकजना जेहेन्दार विद्यार्थी र आगलागी तथा बाढीपहीरो पीडितलाई राहत समेत प्रदान गरिनेछ।