Advertisement Ad

पाँच बुँदे घोषणापत्र जारी गर्दै कियाचु छल्लादो शाखा दक्षिण कोरियाको अधिवेशन सम्पन्न

Advertisement Ad

१५ माघ २०८०, पाँचथर। पाँच बुँदे घोषणापत्र जारी गर्दै किरात याक्थुङ चुम्लुङ, छल्लादो शाखा, दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले गणेश लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष सुनिल फोम्बो, उपाध्यक्ष सुरेश आङदेम्बे, दीप शेर्मा र दिवश लिम्बू, सचिव भुपेन्द्र फागो, सह–सचिव सुजल योङहाङ, सन्देश इजम, कोषाध्यक्ष लक्षिमा लिम्बू र सह–कोषाध्यक्ष राज लिम्बू निर्वाचित भएका छन्।

जनवरी २८ मा सम्पन्न अधिवेशनले चार सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ। सल्लाहकारहरुमा शान्तिला पालुङवा, युना लिम्बू, सेसेफुङ शेर्मा र दिलीप लावती रहेका छन्।

अधिवेशनले पाँच बुँदे घेषणापत्र समेत जारी गरेको छ। दक्षिण कोरियामा रहेका याक्थुङ (लिम्बू) हरुलाई संस्थामा आबद्ध गर्दै मौलिकता रक्षाका सचेतना बढाउने, याक्थुङ एकताको लागि पहल गर्ने, धार्मिक, ऐतिहासिक, मुन्धुमिकस्थल र माङ्गेन्ना यक्हरुको संरक्षण गर्ने, भाषा–संस्कृतिको संरक्षण गर्ने र मुन्धुमको व्यापक प्रचार–प्रसार गर्ने घोषणापत्रमा उल्लेख छ।