Advertisement Ad

Advertisement Ad

पाँचथर क्याम्पसमा लगाउन लागिएको पुराणबारे नेफिन पाँचथरको चासो

१५ माघ २०८०, पाँचथर। जिल्लाको एकमात्र उच्च शैक्षिक संस्था पाँचथर बहुमुखी क्याम्पसमा आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञप्रति नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरले चासो व्यक्त गरेको छ।

महासंघले क्याम्पस सञ्चालक समिति अध्यक्षको नाममा सोमबार पत्र लेख्दै यसबारे चासो देखाएको हो। महासंघका जिल्ला अध्यक्ष सागर केरुङद्वारा हस्ताक्षरित पत्रमा अक्षयकोष स्थापनाको लागि क्याम्पसमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको विभिन्न सञ्चार माध्यमबाट जानकारी पाएको भन्दै सोबारे विस्तृतमा जानकारी गराउन अनुरोध गरिएको छ।

पत्रमा शैक्षिक संस्थामा धर्म प्रचार गर्नु कति उचित हुन्छ ? भनेर प्रश्न समेत गरिएको छ। यदि सञ्चार माध्यमहरुमा आए जस्तै कुनै पनि बहानामा शैक्षिक संस्थामा धर्म प्रचार गर्न लागिएको हो भने त्यस कार्यको स्पष्ट बिरोध र सशक्त प्रतिकार गर्ने पत्रमा भनिएको छ। पत्रमा तीन दिनभित्र यसबारे विस्तृत जानकारी गराउन अनुरोध गरिएको छ।

क्याम्पसले भने अक्षयकोष स्थापनार्थ आगामी फागुन २ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा पाँचथर आध्यात्मिक महोत्सव आयोजना गर्न लागिएको जनाएको छ।

महासंघको पत्रः