Advertisement Ad

Advertisement Ad

आज ताप्लेजुङमा ‘मुक्कुमलुङ बचाउन’ जनप्रदर्शन हुँदै

१५ माघ २०८०, ताप्लेजुङ। सदरमुकाम फुङलिङमा आज (सोमबार) मुक्कुमलुङ संयुक्त संघर्ष समिति र केवलकार निर्माण खारेजी संघर्ष समितिले जनप्रदर्शन गर्ने भएका छन्।

बिहान दश बजेदेखि शान्तिपूर्ण बिरोध ¥याली निकालिने मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिमले बताए। याक्थुङ (लिम्बू) जातिको मुन्धुमिक, साँस्कृतिक एवंम् पवित्रस्थल मुक्कुमलुङलाई व्यापारिकरण गर्दै अकुत मुनाफा कमाउने उदेश्यले केवलकार निर्माणको योजना अघि सारिएको भन्दै त्यसको बिरोध गर्न प्रदर्शन गर्न लागिएको बताइएको छ।

मुक्कुमलुङको प्राकृतिक संरचना, मुन्धुमिक अस्तित्व र पहिचानलाई नामेट गर्ने उदेश्यले कथित विकासको नाममा निर्माण गर्न लागिएको केबलकार निर्माणको सशक्त बिरोध जनाउन विभिन्न संघ–संस्थाहरुसँगको सहकार्यमा हुने बिरोध प्रदर्शन शान्तिपूर्ण हुने केवलकार खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले जानकारी दिए।

जनप्रर्दशन तमोर हस्पिटल हुँदै विरेन्द्र चोकदेखि टुक्रे पुगि पुनः फर्केर तोक्मे डाँडामा सभामा परिणत हुने बताइएको छ। सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ।