Advertisement Ad

‘सङ्गीत त्रिवेणी’ सिजन २ को उपाधी फालेलुङका मिङ्सो केरुङ्लाई

Advertisement Ad

९ भदौ २०८०, पाँचथर । पाँचथरमा सम्पन्न गायन प्रतियोगिता ‘सङ्गीत त्रिवेणी’ सिजन २ को उपाधी फालेलुङ गाउँपालिकाका मिङ्सो केरुङ्ले हात पारेका छन ।
शनिबार फिदिमस्थित न्यु वरदान सङ्गितालयको हलमा समापन कार्यक्रमको आयोजना गरि बिजेता घोषणा गरिएको हो । प्रतियोगिताबाट केरुङसँगै ललिता ठटाल दोस्रो र जुनिता तुम्बापो तेस्रो भएकी छिन ।

दुई वर्ष अगाडि देखी जारी प्रतियोगितामा जम्मा २ सय ७३ जना सहभागी भएकोमा उत्कृष्ट ५०, २० हुदै उत्कृष्ट १० जना छनौट गरिएको थियो । उत्कृष्ट १० बाट भोटिङ राउन्ड पार गर्दै उत्कृष्ट ३ जना फाइनल चरणमा प्रवेश गरेको न्यु वरदान सङ्गितालयका प्रबन्ध निर्देशक बुद्धराज लिम्बुले बताए ।

प्रतियोगिताको बिजेता केरुङ्ले रु १ लाख बराबरको प्राप्त गरेका छन भने दोश्रो ठटाल र तेस्रो तुम्बापोले एउटा गित र म्युजिक भिडियो गर्ने अवसर प्राप्त गरेका छन ।
समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ गायक तथा सङ्गितकार खड्क बोहोरा, अथितिका रुपमा चलचित्र लेखक तथा निर्देशक सागर केरुङ, कलाकार नुनाम केरुङ लगायतको उपस्तिथि रहेको थियो ।
न्यु वरदान सङ्गितालयद्वारा आयोजित प्रतियोगिता ‘सङ्गीत त्रिवेणी’ को पहिलो सिजन सफलता पुर्वक यो भन्दा अघिनै सम्पन्न भैसकेको थियो । अब लगत्तै ‘सङ्गीत त्रिवेणी’ सिजन ३ र ‘ सुम्हात्लुङ आइडल’ गायन प्रतियोगिता सञ्चालन गर्ने न्यु वरदान सङ्गितालयका प्रबन्ध निर्देशक लिम्बुले बताए ।