Advertisement Ad

पाँचथर फालेलुङ–८, लिगिम्बामा एक विद्यालय सहित १५ घर पहिरोको जोखिममा

Advertisement Ad

इवारा जबेगु लिम्बू

१० भदौ २०८०, पाँचथर । एक हप्तादेखि लगातार परेकोे बर्षाका कारण पाँचथरको फालेलुङ गाउँपालिका वडा नं.८ को लिगिम्बा वस्तीका १५ घर र एक विद्यालय पहिरोको जोखिममा परेका छन् ।

स्थानीय खड्ग प्रसाद हाङसरुम्बा, चन्द्र हाङसरुम्बा, बिगत हाङसरुम्बा, दीपक हाङसरुम्बा लगायतको गरी १५ घर पहिरोको जोखिममा परेका हुन् । त्यस्तै सोहि स्थानमा रहेको लिगिम्बा आधाभूत विद्यालय पनि पहिरोको जोखिममा परेको छ । माथिबाट आएको पहीरोका कारण एक विद्यालय सहित १५ घर जोखिममा परेको फालेलुङ गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष श्रीहाङ केरुङले बताए ।

वस्ती नै जोखिममा परेपछि जोखिम न्युनीकरणका लागि तत्काल ढल व्यवस्थापन गर्ने तयारी भएको छ । त्यस्तै थप जोखिम हुनसक्ने सम्भावना भएकाले पूर्वतयारीको लागि त्रिपाल र अस्थाई बसोबासको व्यवस्था गर्नेे तयारी गरिएको वडाअध्यक्ष केरुङको भनाई छ । पहिरोको डरले राती छिमेकी र आफन्तकोमा आश्रय लिदै आएको स्थानीयले बताएका छन् ।

विद्यालयको कम्पाउण्डमा पहिलो जान थालेपछि आइतबार विद्यालय बन्द गरिएको लिगिम्बा आधारभूत विद्यालयका प्रधानाध्यापक तान्छोहाङ जवेगुले बताए । पहिरोमा लेदो बगिरहेकाले त्यहाँका स्थानीयहरुलाई सचेत रहन पनि भनिएको छ ।