Advertisement Ad

सुम्जिरी सुम्हात्लुङ आम्बेपज? (तस्विरहरु)

Advertisement Ad

११ भदौ २०८०, पाँचथर । फिदिम नपा–४, गढीमा अवस्थित सुम्जिरी सुम्हात्लुङ आम्बेपज? ऐतिहासिकस्थल हो ।

इतिहास अनुसार, सुम्जिरी सुम्हात्लुङ आम्बेपज? इशाको छैठौं शताब्दीतिर स्थापना भएको हो । तत्कालीन फेदाप राज्यमा येत्हाङ् (आठ राजा) हरुले शासन गर्दथे । शासनसत्ता सञ्चालनको क्रममा उनीहरु निरङ्कुश बन्न थाले ।

तसर्थ येत्हाङहरु बिरुद्ध दश सरदारहरुले युद्ध छेड्ने तयारी गरे । उनीहरु अहिलेको सुम्जिरी सुम्हात्लुङ आम्बेपज?मा भेला भएर बैठक बसे । तीन वटा चुल्हो र तीन वटा आँपको बोट रोपेर देवस्थल निर्माण गरी शक्ति मागे । विजय प्राप्त नगरेसम्म कोहि पनि युद्धबाट पछि नहट्ने कसम खाएर युद्धमा होमिए ।

अन्ततः उनीहरुको विजय प्राप्त गरे । त्यसपछि धनुकाँडको सहारामा युद्ध जितेको हुनाले उनीहरुले आफूहरुले विजय प्राप्त गरेको देशको नाम लिम्बुवान (लि? आबुआङ् मिङ् वान्दु) नामकरण गरेको प्रशंग विभिन्न इतिहासकार र लेखकहरुले लेखेका पुस्तकहरुमा उल्लेख छ ।

यो ठाउँ अहिले फिदिम नपा–४, गढीमा पर्दछ । भीम कार्कीले खिच्नुभएको सुम्जिरी सुम्हात्लुङ आम्बेपज?का तस्विरहरु–