१२ भदौ २०८०, पाँचथर । नेकपा (माओवादी केन्द्र) यहिं भदौ १६ देखि पाँचथरका घर–घरमा पुग्दैछ ।
भदौ १६ देखि देशव्यापी रुरुपमा सुरु हुने पार्टीको तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत पाँचथरका घर–घरमा पुग्ने तयारी रहेको पाँचथर जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका नेता झलकसिं दर्लामीले बताए ।
नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ता जनताको घर–घरमा पुगेर उनीहरुका समस्या, गुनासा र अपेक्षा सुन्ने, सामाजिक हितका कार्यहरु गर्ने, विकास, समृद्धि र रुपान्तरणका लागि छलफल र विमर्श लगायतका कार्यक्रम गरिने नेकपा (माओवादी केन्द्र) का प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो) ले जानकारी दिए ।
जनतासँगको सम्बन्धलाई अझ सुमधुर बनाउदै राष्ट्र निर्माणमा जनतासँगको सहकार्यलाई निरन्तरता दिन अभियान सञ्चालन गरिएको बताइएको छ । अभियानबारे केहि दिनअघि पार्टीको विस्तारित बैठक सदरमुकाम फिदिममा सम्पन्न भएको छ ।
अभियानलाई सफल बनाउन जिल्लाका सबै पालिका र वडाहरुलमा नेताहरुलाई जिम्मेवारी दिईएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पाँचथरका संयोजक बिशाल रसाइलीले बताए ।
सदरमुकाम फिदिममा सम्पन्न विस्तारित बैकठ :

