Advertisement Ad

पाँचथर फालेलुङका उदय मनास्लु हिमाल आरोहणको तयारीमा

Advertisement Ad

१२ भदौ २०८०, पाँचथर । फालेलुङ गाउँपालिका–३, ताङलेक्पा पाँचथरका युवा उदय केरुङले विश्वको आठौं अग्लो मनास्लु हिमालको आरोहण गर्ने भएका छन् ।

यहिं भदौ अन्तिममा ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्ने उनले बताए । आफ्नो जन्मभूमीलाई चिनाउन हिमाल आरोहण गर्न लागेको उनले बताए । मनास्लु हिमालको चुचुरोमा आफ्नो जन्मभूमी फालेलुङ गाउँपालिकाको लोगो (प्रतीक) सँगै नेपालको झण्डा फहराउने धोको रहेको उदयले बताए । उदयले यसअघि सोलुखुम्बुमा रहेको ६,४७६ मिटर उचाईको मेरो पिक हिमालको सफल आरोहण गरिसकेका छन् ।

गोरखा जिल्लामा रहेको मनास्लु हिमालको पहिलोपल्ट सन् १९५६ मे ९ मा जापानी नागरिक टी इमानिस र नेपाली नागरिक ग्याल्सेन नोर्बुले आरोहण गरेका थिए ।