Advertisement Ad

फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङमा प्रहरी चौकि स्थापना

Advertisement Ad

जीपी अधिकारी
१४ भदौ २०८०, फालेलुङ । पाँचथरको फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङमा प्रहरी चौकी स्थापना भएको छ ।

बुधबार पालिकाको कार्यालय नजिकै चौकीको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नेपाल सरकार (मन्त्री परिषद) को गतेको निर्णयबाट जिल्ला प्रहरी कार्यालय मातहत रहने गरी प्रहरी चौकी थकेपुङमा १५ जना जनशक्ति सहितको दरबन्दी स्वीकृत भएको थियो । तर, भवनको अभावले गर्दा इलाका प्रहरी कार्यालय मेमेङले नै हेर्दै आएको थियो ।

उक्त प्रहरी चौकिको फालेलुङ गाउँपालिकाका अध्यक्ष बिरबिक्रम थाम्सुहाङ, पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रान्ति लगायत अतिथिहरुबाट उद्घाटन गरिएको हो । कार्यक्रममा जिल्लास्थित तीन वटै सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनि, स्थानीयबासी र पत्रकारहरको उपस्थिति रहेको थियो ।

अपराधिक गतिबिधि रोकथाम तथा न्यूनिकरण, आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने उदेश्यकासाथ प्रहरी चौकिको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताए ।

थकेपुङ प्रहरी चौकिबाट हाललाई प्रहरी सहायक निरिक्षक जित बहादुर बस्नेतको कमाण्डमा ६ जनाको टोली खटाई दैनिक कामकारवाही सुरु गरिएको प्रहरी नायव उपरिक्षक खतिवडाले बताए ।