Advertisement Ad

प्रदेश सांसदहरुले जनताको मतको उपहास गरे : कियाचु प्रदेश अध्यक्ष केरुङ

Advertisement Ad

१५ भदौ २०८०, झापा । किरात याक्थुङ चुम्लुङका लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङले प्रदेश–१, का प्रदेशसभा सदस्यहरुले जनताको मतको उपहास गरेको आरोप लगाएका छन् ।

बिहीबार कियाचु झापाले भद्रपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै, कार्यक्रमका प्रमुख अतिथि केरुङले यस्तो आरोप लगाएका हुन् । चुनाबको बेला पहिचानको कुरा गरेर जितेर गएपछि प्रदेशबासीको चाहना बिपरित प्रदेशको नाम ‘कोशी’ राखेर उनीहरुले प्रदेशमा अशान्ति र अस्थिरता निम्त्याएको केरुङले बताए ।

प्रदेशबासीको इच्छा र चाहना बिपरित छापामार शैलीमा प्रदेशको नामकरण गरेकाले उनीहरुले मनमत गुमाइसकेको केरुङले दाबि गरे । जनता ढाँट्नेहरुलाई आगामी चुनाबमा जनताले खान लागेको चियामा पसेको झिँगालाई निकालेर फ्याँकेको जस्तै हातल बनाइदिने समेत चेतावनी दिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोख्रेल, कियाचु प्रदेश सदस्य दिलु लिङदेन, याक्थुङ मुन चइत् चोक सयङका महासचिव बिक्रम वनेम फागो, याक्थुङ युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गो लगायतले आ–आफ्नो बिचार राखेका थिए भने गायिका गंगा फियाक र दिलिप माखिमले गीत प्रस्तुत गरेका थिए ।

कियाचु ३५ औं स्थापना दिवशको शन्दर्भमा कियाचु झापा शाखाले भदौ १७ देखि सप्ताव्यापी कार्यक्रमको आयोजना गरिरहेको छ । हरेक दिन फरक ठाउँमा भईरहेको शप्ताहव्यापी कार्यक्रमको समापन कियाचुको स्थापना दिवश भदौ १७ गते सम्पन्न हुने कियाचु झापा अध्यक्ष सेसेहाङ फियाकले बताए ।