Advertisement Ad

‘कोशी’ को पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रममा सहभागित नुहुन चेतावनी

Advertisement Ad

१५ भदौ २०८०, पाँचथर । प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति पाँचथरले ‘कोशी’ प्रदेश को पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरुलाई जिल्लाका कुनै पनि सार्वजनिक कार्यक्रममा नडाक्न र सहभागि नुहन चेतावनी दिएको छ ।

संघर्ष समितिले शुक्रबार एक विज्ञप्ती जारी गर्दै ‘कोशी’ नामाङ्कनको पक्षमा मतदान गर्ने प्रदेश सांसदहरुलाई बाहिस्कार गर्ने कार्यक्रमको स्मरण गराएको हो । संघर्ष समितिले जिल्लास्थित सम्पूर्ण सरकारी तथा गैर सरकारी संघ–संस्था साथै राजनीतिक दललाई ‘कोशी’ को पक्षमा मतदान गर्ने प्रदेश सांसदलाई कुनै पनि कार्यक्रममा जिल्लामा अतिथिको रुपमा बोलाएर सहभागि नगराउन आग्रह गरेको हो ।

विज्ञप्तीमा ‘कोशी’ नाममा मतदान गर्ने प्रदेश सांसदहरुलाई आफ्नो हस्ताक्षर फिर्ता गरी आन्दोलनलाई समर्थन गर्न पनि आग्रह गरिएको छ । ‘पञ्चायतकालमा राजा महेन्द्रको डिजाइनमा सुरुवात गरिएको कोशी, बाग्मती, गण्डकी, कर्णाली जस्ता अञ्चलको नामलाई सरक्क सारेर प्रदेश नामाङ्कन गर्दैमा उत्पीडित वर्गको न्यायको मागलाई सम्बोधन गर्न सक्दैन’ विज्ञप्तीमा भनिएको छ ।

प्रदेशको नाम ऐतिहासिक पृष्ठभूमी, शासकीय भूगोल र सभ्यताको आधारमा ‘लिम्बुवान किरात’ राखिनुपर्ने माग सहित आन्दोलित बनेको संघर्ष समितिले आफ्नो आग्रहलाई बेवास्ता गरी सार्वजनिक कार्यक्रमका लागि जिल्ला प्रवेश गरे त्यसबाट निम्तिन सक्ने अप्रिय घटनाको स्वयंम् प्रदेशसभा सदस्यले लिनुपर्ने चेतावनी दिइएको छ ।

संघर्ष समितिले जारी गरेको विज्ञप्ती :