१५ भदौ २०८०, झापा । झापाका अग्रज पत्रकार दिपीन राई ( दिपेन्द्र) प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । लामो समयदेखि झापाली पत्रकारितामा रहेका राई हाल यलम्बर टाईम्सका सम्पादक/प्रकाशक रहेका छन् भने उनी झापामा तीन दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन् ।
दिपीनले आफु लामो समयदेखि माओवादी र तल्लो वर्गका भुईमान्छेहरुको पक्षमा कलम चलाइरहेको भन्दै आफुलाई समाचार लेखेकै कारण नेपाली सेनाले ब्यारेकमा लगेर बंकरमा पुरेको स्मरण गरे । पत्रकार दिपीनले यसबारेमा बंकर नामक पुस्तक समेत प्रकाशन गरेका छन् ।
दिपीन राईलाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पुर्व प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री अर्थमन्त्री इन्द्र आङ्बो मौसम, पुर्व मन्त्री शिवकुमार मण्डल केवट, पार्टीका केन्द्रीय नेता सावित्रीकुमार काफ्ले समर, पार्टीका केन्द्रीय सदस्य हरि राना, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली, प्रेस सेन्टरका प्रदेश सदस्य डिकेश लामा, जिल्ला अध्यक्ष राजु पाठक लगायातले राईलाई शुक्रबार विशेष कार्यक्रमका बीचमा स्वागत गरेका थिए ।
राईलाई केन्द्रीय कमिटीमा विशेष जिम्मेबारीमा लैजाने समेत तयारी गरिएको कार्यक्रममा जनाईएको छ ।
