Advertisement Ad

बालकको खोलामा डुबेर मृत्यु

Advertisement Ad

झापा, ३१ असार। गौरादह नगरपालिका–२, हाँसखोराका एक बाललको खोलामा डुबेर मृत्यु भएको छ ।

स्थानीय किस्ने खोलामा चार जना साथी मिलेर पौडी खेल्न गएकामा गोविन्द ताजपुरियाका छोरा १३ बर्षीय एन्जल ताजपुरियाको डुबेर मृत्यु भएको हो । उनको शनिबार अपरान्ह मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा एन्जल डुबेपछि उनका साथीहरुले परिवारलाई खबर गरेका थिए । स्थानीयले खोलाबाट निकाले पनि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

एञ्जल स्थानीय ज्ञानज्योति माध्यमिक विद्यालय कक्षा–६, मा अध्ययरत थिए ।