– फबिन तुम्बापो
कहाँ छन् फूल अर्थात्, फूलका फुलीहरु,
रित्तो–रित्तो देख्छु तिम्रा, अञ्जुलीहरु ।
पिरतीमा टुक्रिसकेको, मान्छे हुँ म,
नउठाउ मेरो सामु मायाका, हिमचुलीहरु ।
अब यो मन मन रहेन, सम्झ पत्थर भइसक्यो,
नपठाउ सम्झना र नचलोस, बाडुलीहरु ।
सुन्छु गाउँ शून्य छ रे, तन्नेरी सप्पै मुग्लानतिर,
शहर छिरेका छन् रे साइली माइली, ठूलीहरु ।
अचेल गाउँमा गाउँ छैन, बनमा गोठालो गाई छैन,
फैलिन्न माटोको सुगन्ध, उड्दैन कतै, गोधुलीहरु ।
चोकमागु, पाँचथर
हालः के.एस.ए.