Advertisement Ad

पाँचथर फालेलुङका उदय मनास्लु हिमालको चुचुरोमा

Advertisement Ad

८ असोज २०८०, पाँचथर । फालेलुङ गाउँपालिका–३, ताङलेक्पा पाँचथरका युवा उदय केरुङले विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

उनले आइतबार बिहान साँढे ६ बजे गोरखा जिल्लामा अवस्थित मनास्लु हिमालको सफल आरोहण गरेका हुन् । मनास्लु हिमाल ८,१६३ मिटर अग्लो छ । माउण्टेन सिनरी ट्रेक एजेन्सी मार्फत् केरुङले मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।

माउण्टेन सिनरी ट्रेकका गाइड मिङ्मा शेर्पाको साथमा केरुङ सहित अन्य ६ जना विदेशी नागरिकले पनि एकैसाथ मनास्लु हिमालको आरोहण गरेका छन् ।

केरुङले मनास्लु हिमालको चुचुरोमा आफ्नो जन्मभूमी फालेलुङ गाउँपालिकाको लोगो (प्रतीक) सँगै नेपालको झण्डा फहराएका छन् ।