Advertisement Ad

सुरुङमा ड्रिल गर्ने क्रममा ढुंगा झरेर किच्दा काबेली ए हाइड्रोपावरका एक श्रमिकको  मृत्यु

Advertisement Ad

२९ असोज, २०८० पाँचथर । सुरुङ निर्माणको क्रममा ढुंगाले किच्दा पाँचथरको हिलिहाङ गाँउपालिका १ खोलाखर्कमा निर्माणाधिन काबेली ए जलबिद्युत् आयोजनामा कार्यरत एक श्रमिकको मृत्यु भएको छ ।

इलामको देउमाई नगरपालिका ९ का अन्दाजी २५ बर्षीय भूपाल मगरकोसुरुङ निर्माण गर्ने क्रममा आईतबार दिउँसो ढुंगाले किचेको हो । सुरुङमा ड्रिल गर्ने क्रममा ढुंगा झरेर किच्दा मगरको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त क्षेत्रीले जानकारी दिए ।

मगरको शब पोष्टमार्टको लागि पाँचथर अस्पताल ल्याईएको छ । उक्त घटनाको बिषयमा कानुनी प्रक्रिया अगाडी बढाईएको प्रहरीको भनाई छ ।