Advertisement Ad

Advertisement Ad

‘मना लाङ्योःक्खा?’ सिक्किमस्थित कञ्चनजंघा विश्वविद्यालयको पाठ्यक्रममा समावेश

११ कार्तिक २०८०, पाँचथर। कथाकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपीको कथा सङ्ग्रह मना लाङ्योःक्खा? सिक्किमस्थित कञ्चनजंघा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ।

सिक्किम गभर्मेन्ट अन्तर्गतको कञ्चनजंघा विश्वविद्यालयले उक्त कृतिलाई पाठ्यक्रममा राखेको हो। कृतिभित्र १२ वटा कथा सङ्ग्रहित छन्। तीमध्ये कुन कथा पठनपाठन हुने भन्ने भने टुङ्गो लाग्न बाँकि रहेको बताइएको छ।

पाठ्यक्रममा समावेश गरिसकिएकाले आगामी शैक्षिक शत्रदेखि कृतिभित्रको कुनै एक कथा पठनपाठन हुने उक्त विश्वविद्यालयका प्रोफेसर डा.बिएल खाम्धाकले जानकारी दिएको कथाकार लोवाले बताए।

नेपालमा मातृभाषामा उच्च शिक्षा पठनपाठनको वातावरण नबने पनि छिमेकी मुलुकका विश्वविद्यालयले नेपाली साहित्यकारले लेखेका याक्थुङ (लिम्बू) भाषाको साहित्यको सम्मान गरेकोमा खुसी लागेको लोवाले बताए।

लोवाको उक्त कृतिलाई किरात याक्थुङ चुम्लुङ जापानले केहि समय अघि प्रकाशनमा ल्याएको हो।