Advertisement Ad

प्रथम सिर्जना कप फुटबल प्रतियोगिताको उपाधि लालीखर्क फुटवल क्लबलाई

Advertisement Ad

राम प्रसाद बॉस्कोटा ८ कार्तिक, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिका वडा नं.-७ माक्लुम्वा रानिटार स्थित पन्चकन्या आधारभुत विद्यालयको खेलमैदानमा संचालित खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि लालिखर्क फुटवल क्लवले हात पारेको छ ।

विजया दशमी तथा दीपावली को उपलक्ष्यमा आयोजित ‘प्रथम सिर्जना कप फुटवल प्रतियोगिता’ मा फिदिम नगरपालिका वडा नं.-७,माक्लुम्वाको त्रिवेणी क्लव लाइ ट्राई बेकरमा २ गोलका विरुद ३ गोल गर्दै लालिखर्क फुटवल क्लवले उपाधी हात पारेको हो । विजयी टीमले उपाधी संगै नगद ३० हजार सहित कप, ट्रफी, मेडल र प्रमाण-पत्र तथा दोस्रो हुने  टीम त्रिवेणी क्लव फिदिम-७ माक्लुम्वाले नगद १५ हजार सहित कप, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिका वडा नं .-७ का वडा अध्यक्ष एवं प्रमुख अतिथि रुपेन्द्र तामाङ, वडा सदस्य प्रदिप बॉस्कोटा, वडा सदस्य बलबहादुर राइ लगायतले आयोजक संस्थाका अध्यक्ष रोमन नेम्वाङले सम्मान पत्र वितरण गर्नु भएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा फिदिम नगरपालिका वडा नं.-७ का वडा अध्यक्ष रूपेन्द्र तामाड ,विशिष्ठ अतिथि फिदिम नगरपालिका वडा -१३ लुङरुपाका निर्वाचित वडाअध्यक्ष दिलवहादुर नेम्वाङ  लगायतको उपस्थिति रहेको थियो ।

कार्तिक ४ गतेबाट सुरु भएको प्रथम सिर्जना कप खुल्ला नकाउट फुटवल प्रतियोगिता को समापन समारोह क्लवका अध्यक्ष रोमन नेम्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।