Advertisement Ad

Advertisement Ad

पाँचथरको सिलौटीमा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा चासोक मेला लाग्ने

१३ कार्तिक, २०८० पाँचथर। धार्मिक पर्यटकीयस्थल पाँचथरको सिलौटीमा यहिं कार्तिक १८ गतेदेखि कार्तिक २५ गतेसम्म चासोक मेला लाग्ने भएको छ।

१६ औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको समाधी रहेको पवित्रस्थल सिलाौटीमा १३९ औं फाल्गुनन्द जन्मजयन्तीको अवशरमा मेला आयोजना गर्न लागिएको हो। धार्मिक पर्यटकीयस्थल सिलौटीको प्रचार–प्रसार एवंम् पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले मेला लगाउन लागिएको मेला आयोजक समितिका उपाध्यक्ष दीपक नेम्बाङले बताए।

मेलामा पुरुष फुटबल प्रतियोगिता, फाल्गुनन्द जन्मजयन्ती विशेष समारोह, धार्मिक प्रवचन, रोटेपिङ लगायत रमाइलो मेला र सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिनेछ। कार्तिक १८ गतेदेखि सुरु हुने मेलामा आयोजित फुटबल प्रतियोगिताको बिजेताले नगद एक लाख १११ रुपैंयाँ र उपबिजेताले नगद ५० हजार ५५५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

साङ्सेन हाङ्साम सेवा समितिको आयोजनामा सम्पन्न हुने मेला कार्तिक १८ गते सुरु भई कार्तिक २५ गते समापन हुने आयोजक समितिले जनाएको छ।