Advertisement Ad

Advertisement Ad

छैटौं तरुण गोल्डकपः आइतबार भएका खेलमा फिदिम १, ४ र १० विजयी

१२ कार्तिक २०८०, पाँचथर। फिदिममा जारी छैटौं संस्करणको तरुण गोल्डकप फुटवल अन्तर्गत आइतबार फिदिम १, ४ र १० नं.वडा विजयी भएका छन्।

सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा फिदिम–१२ लाई १–० ले हराउदै फिदिम–४ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। आइतबार सम्पन्न दोस्रो खेलमा फिदिम–१ ले फिदिम–२ लाई ३–१ गोल अन्तरले हरायो। आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा फिदिम–१० ले फिदिम–९ लार्ई २–१ गोल अन्तरले हरायो। जीत सँगै फिदिम–१० प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत सोमबार बिहान ११ बजे फिदिम–८ र फिदिम–१३, दिउँसो १२ बजे फिदिम–७ र फिदिम–४ त्यस्तै दिउँसो साँढे दुई बजे फिदिम–१ र फिदिम–१४ बीच प्रतिश्पर्धा हुने आयोजक नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए।