Advertisement Ad

फिदिम–७, मा सिद्धकाली नकआउट फुटवल प्रतियोगिता सुरु

Advertisement Ad

राम बाँस्कोटा

१२ कार्तिक २०८०, पाँचथर। फिदिम नगरपालिका–७, स्थित सिद्धकाली आधारभूत विद्यालय असिनेको खेलमैदानमा आइतबारदेखि प्रथम सिद्धकाली नकआउट पुरुष फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, फिदिम नगरपालिका–७, का वडाध्यक्ष रुपेन्द्र तामाङले गरेका थिए। असिने फुटवल क्लव, फिदिम–७, असिने, रानीटारको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन समारोहमा फिदिम–७, का जननिर्वाचित वडा सदस्यहरु बलबहादुर राइ, प्रदीप बाँस्कोटा, भीमाकुमारी दुलाल (बॉस्कोटा) र लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक असिने फुटवल क्लवले लासो नाडसल क्लवलाई १–० गोलले पराजीत गर्दै विजयी सुरुवात गरेको छ। आइतबारै भएको अर्को खेलमा फिदिम–८, घुमाउनेटार फुटवल क्लवलाई १–० ले पराजीत गर्दै ङोलो फुटवल क्लव फिदिम–८, स्याउडॉडा विजयी भएको छ।

प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा आयोजक असिने फुटवल क्लव (बी) र नमोबुद्ध क्लव राँके बीचको खेल निर्धारित समयमा गोलरहित बराबरी भएपछि ट्राइब्रेकरमा आयोजक (बी) ले नमोबुद्ध राँकेलाई १–३ गोल अन्तरले पराजीत गर्यो। कार्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैंयाँ र उपविजेताले नगद १५ हजार रुपैंयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष पर्वत राइले बताए।