Advertisement Ad

Advertisement Ad

दशमी मेला फुटवलको उपाधी पूरुषतर्फ सुकेटार एफसी र महिलातर्फ रानीटार युनाइटेडलाई

१३ कार्तिक २०८०, पाँचथर। फिदिम–१३, जेभालेमा बडादशैंको अवशरमा आयोजित दशमी मेला फुटवलको उपाधी पूरुषतर्फ सुकेटार एफसी, फिदिम–१४, लुङरुपा र महिलातर्फ रानीटार युनाइटेड क्लवले उचालेका छन्।

प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न पूरुषतर्फको फाइनल खेलमा फालेलुङ–६, विरुद्ध ४–१ गोलको शानदार जीत निकाल्दै सुकेटार एफसीले उपाधी उचालेको हो। सुकेटारलाई जित दिलाउन दिनेश शेर्माले दुई र प्रकाश राईले एक गोल गरेका थिए। बाँकि एक गोल भने सुकेटारले आत्मघाती उपहार पाएको थियो। खेल अवधीभर दबाब झेलेको फालेलुङ–६, का लागि दिल लिम्बूले सान्तवना गोल फर्काएका थिए।

जीतसँगै सुकेटार एफसीले नगद एक लाख ३१ हजार रुपैंयाँ प्राप्त गर्यो। उपविजेतामा सिमित बन्न पुगेको फालेलुङ–६, ले नगद ७५ हजारमा चित्त बुझाउनुपर्यो। मेलाकै अवशरमा आयोजित महिला फुटवलको उपाधी भने रानीटार युनाइटेड क्लवले चुमेको छ। फाइनल खेलमा आयोजक जेभाले फुटवल क्लवलाई हराउदै रानीटार युनाइटेडले उपाधी कब्जा गरेको हो।

उपाधीसँगै रानीटार युनाइटेडले नगद ६१ हजार प्राप्त गर्यो। उपबिजेता दशमी फुटवल क्लवले नगद ३६ हजारमा चित्त बुझायो। यो सँगै यस बर्षको दशमी मेला समापन भएको मेला व्यवस्थापन समितिका सल्लाहकार गजेन्द्र राईले बताए।

Photo Credit: भिम कुमार बाँस्कोटा ।