Advertisement Ad

Advertisement Ad

फाल्गुनन्द जन्मजयन्तीको अवशरमा फालेलुङ–३ ताङ्लेपामा फुटवल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम हुने

जिपी अधिकारी

१४ कार्तिक २०८०, फालेलुङ। १६ औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको १३९ औं जन्मजयन्तीको अशरमा फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा फुटवल प्रतियोगिता हुने भएको छ।

कार्तिक २० देखि सुरु हुने प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुने आयोजक फालेलुङ युथ क्लव फालेलुङ–३ ले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजनकले जनाएको छ।

प्रतियोगिताको फाइनलको दिन संगीत त्रिवेणी सिजन–२, का विजेता मिङ्सो केरुङ साथै मौसम थाम्सुहाङ लगायत कलाकारहरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रम समेत हुनेछ।

सो अवसरमा खुला नृत्य तथा गायन प्रतियोगितामा, याक्थुङ (लिम्बू) जातिको केःलाङ, किरात राई जातिको साकेला, नोर्देन छ्योलिङ्छो गुम्बा गुरुङटारको सोरठी नृत्य साथै फालेलुङ युथ क्लब ताङ्लेपाको बेजोड प्रस्तुती रहने बताइएको छ।