Advertisement Ad

पाँचथरको वासाङ्गुमा लाग्ने ऐतिहासिक द्वितीया मेला यसपटक पनि भव्य रुपले लाग्ने

Advertisement Ad

१४ कार्तिक, २०८० पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को संगमस्थल वासाङ्गुमा बर्षेनी लाग्दै आएको ऐतिहासिक द्वितीया मेला यसपटक पनि विविध कार्यक्रमकासथा भब्यतापूर्वक लाग्ने भएको छ।

दिपावली (वलिहाङ तङनाम) को अवशरमा अढाईसय बर्ष अघिदेखि लाग्दै आएको द्वितीया मेलाको अवशरमा यसपटक पनि पालिकास्तरीय आमन्त्रित भलिबल प्रतियोगिता हुनेछ। कार्तिक २९ गतेदेखि सुरु हुने प्रतियोगिताको बिजेताले नगद एक लाख १५ हजार ५१५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपबिजेताले नगद ६५ हजार ५६५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका खेल संयोजक डिगम कुरुम्बाङले बताए।

मेलाको अवशरमा केलाङ प्रतियोगिता, हाक्पारे, पाःलाम् लगायतका विविध साँस्कृतिक कार्यक्रमहरु रहनेछन्। केलाङ प्रतियोगितातर्फ बिजेताले नगद १७ हजार पाँच सय रुपैंयाँ सहित प्रमाणपत्र साथै उपबिजेताले नगद १२ हजार पाँच सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।

पूर्वको ऐतिहासिक द्वितीया मेला यसपटक कार्तिक २९ गतेदेखि सुरु हुदैछ । त्रिवेणी युवा क्लबको आयोजनामा लाग्ने ऐतिहासिक द्वितीया मेलामा पाँचथर इलाम, तेह्रथुम, ताप्लेजुङ लगायत विभिन्न जिल्लाका मानिस मेला भर्न आउने गरेका छन्।