Advertisement Ad

Advertisement Ad

तरुण गोल्डकपको फाइनल आज, उपाधीका लागि फिदिम १ र ८ भिंड्दै

१५ कार्तिक २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी छैटौं तरुण गोल्डकपको फाइनल खेल आज (बुधबार) हुँदैछ।

प्रतियोगिताको उपाधीका लागि फिदिम १ र ८ भिंड्दैछन्। फिदिम माविको खेलमैदानमा मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा फिदिम–८ ले फिदिम–१० लाई ३–० गोलले स्तब्ध बनाउदै फाइनल प्रवेश गरेको हो।

बुधबारै भएको प्रतियोगिताको अन्तिम सेमीफाइन खेलमा फिदिम–७ लाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पछि पार्दै फिदिम–१ ले उपाधी भिडन्तका लागि फिदिम–८ सँगको भेट पक्का गरेको हो। एक गोलले पछि परेको फिदिम–७ ले अतिरिक्त समयमा बराबरी गोल गरेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। तर, ट्राइब्रेकरमा फिदिम–७ का दुई खेलाडि चुक्दा जीत फिदिम–१ लाई सुम्पिनु परेको थियो।

फिदिम नगरपालिकाको १४ वटै वडाहरुको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद ५१ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपबिजेताले नगद ३५ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए।

प्रतियोगिताको फाइनल खेल आज (बुधबार) दिउँसो एक बजे फिदिम माविको खेलमैदानमा हुनेछ।