Advertisement Ad

Advertisement Ad

जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या १३३ पुग्यो

१८ कार्तिक २०८०, पाँचथर। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राती ११ः४७ बजे गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ।

भूकम्पमा परी जाजरकोटका ९५ जनाको मृत्यु भएको छ। त्यस्तै रुकुम पश्चिमका ३८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मध्यराती आएको भूकम्पमा जाजरकोटका ५जना र रुकुम पश्चिमका ८५ जना घाइते भएका छन्। गएराती ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो।

घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। भूकम्प प्रभावितहरुको उद्वार र राहतमा विभिन्न निकाय जुटेका छन्।