Advertisement Ad

कालिका कृषी सहकारी संस्थाको नवनिर्मित कृषी संकलन केन्द्र भवनको उद्घाटन

Advertisement Ad

राम प्रसाद बाँस्कोटा

१९ कार्तिक २०८०, पाँचथर। फिदिम–७, रानीटारस्थित कालिका कृषी सहकारी संस्था लिमिटेडको नवनिर्मित कृषी संकलन केन्द्रको भवन उद्घाटन तथा १४ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आडवो (मौषम) ले एक समारोहकाबीच नवनिर्मित कृषी संकलन केन्द्र तथा डेरी उद्योगको भवन उद्घाटन गरेका थिए। प्रदेश सरकारको २० लाख रुपैंयाँ, संस्था र सहयोगी दाताहरुको सहयोगबाट १० लाख रुपैंयाँ गरी कूल ३० लाख रुपैंयाँको लगानीमा तीन वटा सटर र एउटा सभाहल सहितको पक्की भवन निर्माण भएको हो।

स्थानीय समाजसेवी देवी प्रसाद धमला र लक्ष्मण धमलाले निशुल्क उपलब्ध गराएको पाँच लाख रुपैंयाँभन्दा बढी मुल्य पर्ने आठ आना जमिनमा भवन निर्माण गरिएको हो। तत्कालीन प्रदेश १ सरकारमा आङबो आर्थिक मामिला तथा योजना मन्त्री रहँदा क्रमागत रुपमा १०–१० लाख गरी २० लाख रकम विनियोजन भएपछि भवन निर्माण सम्पन्न गरिएको संस्थाका अध्यक्ष ग्यनाथ बॉस्कोटाले जानकारी दिए।

यसैगरी संस्थाको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। बार्षिक साधारणसभामा प्रमुख अतिथि आङबो, विशिष्ट अतिथि द्वय फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपाने, फिदिम–७, का वडाध्यक्ष रुपेन्द्र तामाड, नेकपा एमाले फिदिम–७ का इन्चार्ज सुर्यबहादुर तामाड, पॉचथर जिल्ला सहकारी संघका अध्यक्ष रेणुप्रसाद ओझा लगायतले लगायतले मन्तब्य राखेका थिए।

बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष ग्यनाथ बॉस्कोटाले पेश गरेको संस्थाको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष दिलबहादुर नेम्वाडले पेश गरेको गत आर्थिक बर्षको आर्थिक प्रतिवेदन पास भएको छ।

कार्यक्रममा शेयर धनी सदस्यका छोराछोरीहरु मध्येबाट सामुदायीक विद्यालयबाट एसइइ परिक्षामा सबैबढी जिपिए ल्याउने अनिता नेम्वाड,उच्च शेयरधनी बचतकर्ता महिलामा अप्सना गुरुङ र जेष्ठ शेयरधनी बचतकर्ता पुरुषमा बेद प्रसाद बाँस्कोटा, महिलामा चेतमाया अधिकारी र कनिष्ट बाल बचतकर्ता सुयेन नेम्वाड र उच्च बाल बचत कर्ता उपकार बॉस्कोटालाई समेत सम्मान गरिएको संस्थाका सचिव वीरेन्द्र अधिकारीले बताए।