Advertisement Ad

द्वितिया मेलामा तृश्ना गुरुङ र सविना योङ्हाङले प्रस्तुति दिने

Advertisement Ad

२२ कार्तिक, २०८० पाँचथर । दिपावलीको अवसरमा जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सङ्गमस्थल वासाँगुमा लाग्ने ऐतिहासिक द्वितिया मेलामा चर्चित गायिका तृश्ना गुरुङ र सविना योङ्हाङ्ले प्रस्तुती दिने भएका छन ।

आगामी मङ्सिर १ गते हुने दोश्रो द्वितीया मेला साङ्गितिक साँझम गुरुङ र योङ्हाङसङ्गै गायक नोगेन हाङ्सरुम्बा र गायक तथा सङ्गितकार एकान्त आङ्देम्बेको पनि प्रस्तुती रहने आयोजक समितिले जनाएको छ । अढाईसे वर्ष पहिलेदेखि निरन्तर लाग्दै आएको द्वितिया मेलामा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता, केलाङ प्रतियोगीता, पालाम, ख्याली, सिङ्खेले लगायतका विविध कार्यक्रमहरु समेत रहेका छन ।
मेला कार्तिक २९ गतेदेखि सुरु हुने आयोक समितिका खेल संयोजक डिगम कुरुम्बाङले बताए