Advertisement Ad

फिदिम – ६ सिवामा खेलाडीलाई भलिबल प्रशिक्षण

Advertisement Ad

२३ कार्तिक, २०८० पाँचथर । फिदिम नगरपालिका वडा नं ६ मा भलिबल खेलाडीलाई प्रशिक्षण दिइएको छ ।

कार्तिक १६ गतेदेखि सुरु भएको प्रशिक्षण २२ गतेसम्म संचालन गरिएको फिदिम ६ का वडाध्यक्ष बिपन तुम्रोकले बताए । एक हप्तासम्म गरिएको प्रशिक्षणमा रेफ्रि नवीन रिजालले सहजीकरण गरेका थिए । प्रशिक्षणमा फिदिम -५, ६ र ९ नम्बर वडाका २० जना खेलाडीको सहभागीता रहेको थियो । २० सहभागीमध्ये १२ खेलाडी पालिकास्तरिय खेलाडीका रुपमा छनौट भएका छन ।

बुधबार फिदिम ६ स्थित भगवती मा.वि को खेलमैदानमा सम्पन्न प्रशिक्षणको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले प्रशिक्षणमा सहाभागी खेलाडीहरुलाइ शुभकामना दिए । त्यस्तै विशेष अतिथिको रुपमा उपस्थित नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले नगर भित्रका खेलकुद बिकासको निम्ति अझ लागिपर्ने बताए । समापन कार्यक्रम पश्चात प्रशिक्षित खेलाडीबिच मैत्रीपुर्ण खेल समेत खेलाइएको थियो ।

स्थानीय खेलाडीहरुको क्षमता अभिवृद्धिका निम्ति फिदिम नगरपालिकाको सहयोगमा प्रशिक्षणको आयोजना गरिएको फिदिम ६ का वडाअध्यक्ष तुम्रोकले बताए ।