Advertisement Ad

फिदिममा मंसिर १५ देखि प्रथम वाइवाइ अन्तर्राष्ट्रिय किरात गोल्डकप हुने

Advertisement Ad

२६ कार्तिक २०८०, पाँचथर। सदरमुकाम फिदिममा आगामी मंसिर १५ देखि २३ गतेसम्म प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप हुने भएको छ।

आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो। प्रतियोगिता फिदिम माविको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहनेछ।

प्रतियोगिताको बिजेताले नगद ४ लाख ४ हजार ४४४ रुपैंयाँ र उपविजेताले नगद २ लाख २ हजार २२२ रुपैंयाँ प्राप्त गर्नेछ। यो पुरस्कार राशी जिल्लाको हालसम्मकै सर्वाधिक ठूलो भएको आयोजक पाँचथर फुटवल क्लवका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए।

प्रतियोगिता सम्पन्न गर्न ५१ लाख रुपैंयाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगिताको मूख्य प्रायोजक वाईवाई रहेको छ भने स्थानीत तह लगायत अन्य सरकारी तथा गैर सरकारी निकायबाट पनि सहयोग प्राप्त हुने बताइएको छ।

फिदिम माविको स्वामित्वमा रहेको फिदिम खेलमैदान पुननिर्माणको काम समयमै सम्पन्न नहुँदा सदरमुकाम फिदिममा लामो समय कुनै प्रतियोगिता सञ्चालन हुन सकेको थिएन। केहि समय अघि मैदानलाई प्रतियोगिता सञ्चालन गर्न हुने गरीको बनाइएको छ।

प्रथम किरात गोल्डकप जारी सिजनको सदरमुकाम फिदिममा सञ्चालन हुने पहिलो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुनेछ।

यी हुन सहभागी टिम :

1.पाँचथर फुटबल क्लब PFC
2. रेड हर्स इलाम
3. बिर्तामोड युनाइटेड
4 युनाइटेड FC दार्जेलिङ
5 DFC मोरङ
6 मितेरी फुटबल क्लब तेर्हथुम
7 कर्ण सिंह सोनाम स्मृति क्लब ताप्लेजुङ
8 हिमालयन शेर्पा काठमाण्डौ