Advertisement Ad

Advertisement Ad

नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प अभियान’ को तयारी तिव्र, पाँचथरमा तयारी बैठक

२७ कार्तिक २०८०, पाँचथर। नेकपा एमालेले मध्यपहाडि लोकमार्ग भएर गर्ने ‘समृद्धिका लागि संकल्प अभियान’ को तयारी तिव्र बनाएको छ।

अभियानको तयारीका लागि पाँचथरमा बैठक सम्पन्न भएको छ। सोमबार फिदिममा पत्रकारहरुसँग कुराकानी गर्दैै नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी मंसिर १४ देखि सुरु हुने अभियानमा दुई सय बढी टोली समावेश हुने जानकारी दिए। उनले मध्यपहाडि लोकमार्गको अन्तिमविन्दु बैटडीको झुलाघादेखि सुरु हुने अभियान लोकमार्गको प्रस्थानविन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुने बताए। सचिव भट्टराईले एमालेको उक्त अभियान कुनै पार्टीको बिरोध गर्न नभएकाले सबै पार्टी र जनप्रतिनिधिहरुलाई पनि सहभागि हुन आह्वान गरे।

मुलुकको समृद्धिका लागि रचनात्मक सन्देश दिने सँगै सामाजिक सद्भाव कायम गर्न, राष्ट्रिय एकताको सन्देश दिन र पहाडि क्षेत्रबाट अधिक रुपमा भइरहेको बसाइँसराईको कारण पहिचान गरी समाधानको उपाय खोज्ने पनि अभियानको उदेश्य रहेको सचिव भट्टराईले बताए। अभियानलाई सफल पार्न अहिले जिल्लास्थित पार्टीका प्रतिनिधि, जनप्रतिनिधि र पार्टीका कार्यकर्ता सक्रिय रुपमा लागिरहेको नेकपा एमाले जिल्ला कमिटी पाँचथरका सञ्चार विभाग प्रमुख तुलसी क्षितिजले बताए।

अभियानमा स्थानीय नागरिकसँग अन्त्ररक्रिया, छलफल, साँस्कृतिक लगायतका अन्य रचनात्मक कार्यक्रमहरु गरिने बताइएको छ।

फोटोः दुर्गा खनाल