Advertisement Ad

रानीटार गाेल्डकप : सेमिफाईनलकाे खेल मंगलबार हुने

Advertisement Ad

रानीटार– पाँचथरको रानीटारमा जारी रानीटार गोल्डकप फुटवल प्रतियोगितामा क्वाटर फाइनलको खेलहरु सम्पन्न भएकाे छ । सोमबार भएको पहिलाे क्वाटरफाईनलमा डिएफसि क्लव, सुन्नीमा क्लब, ङाेलो फुटबल क्लव र तमाखे विजयी हुदै अन्तिम चारमा पुगेकाे छ ।
डिएफसिले लब्रेकुटी फुटवल टिमलाई पराजित गरेकाे हाे भने सुन्नीमाले असिने फुटवल क्लबलाई, ङाेलो क्लबले रानीटार युनाईटेड र तमाखे फुटबल क्लवले कोप्चे फुटवल क्लबलाई पराजित गरि सेमीफाईनलमा प्रवेश गरेकाे हाे ।
मंगलबार हुने सेमीफाईनमा डिएफसिले सुन्नीमा र ङाेलो क्लवले तमाखे फुटबल क्लवसँग प्रतिस्प्रर्धा गर्ने छ ।प्रतियोगिताकाे फाईनल बुधवार हुनेछ । त्रिवेणी युवा क्लवले आयोजना गरेको प्रतियोगितामा विजेता टिमले ७० हजार रुपैँया नगद र ट्रफि प्राप्त गर्ने छ भने उपविजेता टिमले ४० हजार नगद र ट्रफि प्राप्त गर्ने अायाेजक समितिका अध्यक्ष ललित फेजङले जानकारी दिनुभयाे ।