Advertisement Ad

डिजाएर फूटबल क्लव, रानीटार गाेल्डकपकाे फाईनलमा प्रवेश

Advertisement Ad

रानीटार– पाँचथरको रानीटारमा जारी रानीटार गोल्डकप फुटवल प्रतियोगिताकाे पहिलाे सेमिफाईनलमा डिएफसी क्लव रानीटार बिजयी हुदैँ फाईनलमा प्रवेश गरेकाे छ । मंगलवार भएकाे खेलमा सुन्नीमा फुटबल क्लव फिदिम ३ लाई १-० गाेल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेकाे हाे । प्रतियाेगिता अन्तरर्गत दाेस्राे सेमिफाईनल ङाेलाे फुटबल क्लव र तमाखे फुटबल क्लवबिच हुनेछ । प्रतियोगिताकाे फाईनल बुधवार हुनेछ । त्रिवेणी युवा क्लवले आयोजना गरेको प्रतियोगितामा विजेता टिमले ७० हजार रुपैँया नगद र ट्रफि प्राप्त गर्ने छ भने उपविजेता टिमले ४० हजार नगद र ट्रफि प्राप्त गर्ने अायाेजक समितिका अध्यक्ष ललित फेजङले जानकारी दिनुभयाे ।