Advertisement Ad

रानीटार गोल्डकपः उपाधीका लागि तमाखे र डिजायर फुटवल क्लव रानीटार भिंडने

Advertisement Ad

२८ कार्तिक २०८०, पाँचथर। रानीटारमा जारी रानीटार गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा तमाखे फुटबल क्लव बिजयी भएको छ।

तमाखेले ङाेलो फुटबल क्लव रानीटारलाई २-० गोल अन्तरले पराजीत गर्दै फाईनलमा प्रवेश गरेको हो। अब बुधवार तमाखे फुटबल क्लवले डिजाएर फुटबल क्लवसँग उपाधीका लागि खेल्नेछ । त्रिवेणी युवा क्लवद्वारा आयोजित प्रतियोगिता रानीटार माविको खेलमैदानमा भइरहेको छ।

प्रतियोगिताको विजेता टिमले ७० हजार रुपैँया नगद र ट्रफि प्राप्त गर्नेछ भने उपविजेता टिमले ४० हजार नगद र ट्रफि प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष ललित फेजङले जानकारी दिए।