Advertisement Ad

Advertisement Ad

रानीटार गोल्डकपको उपाधी तमाखे फुटवल क्लवलाई

२९ कार्तिक २०८०, पाँचथर। फिदिम नगरपालीका, रानीटारमा आयोजना गरिएको रानीटार गोल्डकप फुटबल प्रतियोगिताको उपाधी तमाखे फुटबल क्लवले उचालेको छ।

रानीटार माविको खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा डिएफसी रानीटारलाई गोल अन्तरले हराउदै तमाखेले उपाधी चुमेको हो। तमाखेलाई जीत दिलाउन खेलको १८ औं मिनेटमा खेमराज गुरुङले, २१ औं मिनेटमा रोशन गुरुङले थप समयमा लुङमाहिम लिम्बूले गोल गरेका थिए।

खेलको ५१ औं मिनेटमा डिएफसीका आदर्श गुरुङले गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त भएन जीत सँगै तमाखे फुटबल क्लवले ७० हजार रुपैँया नगद ट्रफि प्राप्त गरेको भने उपविजेता बनेको डिएफसीले ४० हजार रुपैँया नगद ट्रफिमा चित्त बुझाएको 

प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी तमाखेका अतित आङ्बो भए। फाईनल खेलको म्यान अफ दि म्याच सुरेश गुरुङ, वेस्ट डिफेन्डर आदर्श गुरुङ, उत्कृष्ट गोलकिपर रुपेश गुरुङ बने। प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, नेपाली कांग्रेस पाँचथरका निर्वतमान सभापति नरेन्द्रकुमार केरुङ, फिदिम का वार्ड अध्यक्ष रुपेन्द्र तामाङ, फिदिम वार्ड अध्यक्ष सोम गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए

त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष ललित फेजुङ लिम्बूले जानकारी दिए