Advertisement Ad

फिदिमस्थित पाथीभरा हस्पिटल बन्द

Advertisement Ad

६ मंसिर २०८०, पाँचथर। एक समय उपचार लिन आउनेहरुले खचाखच हुने पाँचथर सदरमुकाम फिदिमस्थित पाथीभरा हेल्थ केयर हस्पिटल प्रा.लि.बन्द भएको छ।

फिदिमको मेललाइनस्थित मोहन कुमार ढुंगेल र मिलन तामाङको घर भाँडामा लिएर सञ्चालनमा रहेको हस्पिटल बन्द भएको हो। व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण हस्पिटल बन्द भएको बताइएको छ।

धनुषा, मिथिलाका डा.प्रमेश्वर सिंह (डा.पीके) को लगानी रहेको उक्त हस्पिटल ९ असार २०६९ बाट सञ्चालनमा आएको थियो। गत बर्षको पुषदेखि सञ्चालक सिंह अस्पताल आएका थिएनन्। अस्पताल कर्मचारीको भरमा सञ्चालन भइरहेको थियो।

पछिल्लो समय लथालिङ्ग अवस्थामा रहेको अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीले नियमित तलव नाएको भन्दै नगरपालिकामा उजुरी दिएका थिए। सुरुमा चिकित्कस सहित ३४ जना कर्मचारी रहेको अस्पतालमा पछिल्लो समय १६ जना मात्र कार्यरत थिए।

नगरपालिकाले सञ्चालक सिंहसँग समन्वय गरी कर्मचारीको बाँकि तलव मिलान गर्ने र घरधनीसँगको सहमति अनुसारको हिसाबकिताव मिलाउने सहमतिपछि हस्पिटल बन्द भएको फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले जानकारी दिए।