Advertisement Ad

Advertisement Ad

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै धान फलाउने कृषकलाई पुरस्कृत गर्ने

८ मंसिर २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिकाले प्रमुख खाद्यान्ह बाली धान खेतीको प्रबद्र्धनका लागि धेरै धान फलाउने किसानलाई नगद सहित पुरस्कृत र सम्मान गर्ने भएको छ।

एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई नगद ५० हजार रुपैंयाँ र ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई नगद ३० हजार रुपैंयाँ सहित पुरस्कृत तथा सम्मानित गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए।

गाउँपालिकाद्वारा पारित ‘धान उत्पादन कृषक प्रोत्साहन कार्यविधि–२०८०’ बमोजिम यसै आर्थिक बर्षदेखि यो कार्यक्रम लागू हुने प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले बताए। पालिकाले बिहीबार सूचना जारी गर्दै किसानलाई दाबि पेश गर्न आह्वान गरेको हो।

दाबि पेश गर्ने कृषकलाई जनप्रतिनिधि सहितको अनुगमन टोलीको अनुगमन पश्चात पुरस्कृत तथा सम्मानित गरिने गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले बताए।