Advertisement Ad

हाङ चेम्जोङको निर्देशनमा ६ वटा पालामको म्यूजिक भिडियो छायाङ्कन

Advertisement Ad

५ मंसिर २०८०, पाँचथर। निर्देशक हाङ चेम्जोङको निर्देशनमा पूर्वका विभिन्न स्थानमा ६ वटा पालामको म्यूजिक भिडियो छायाङ्कन गरिएको छ।

अञ्जना याक्खा क्याकको शब्द तथा लय संकलनमा अञ्जना र असारसिं निङलेकुको स्वर रहेको ‘सिङ्गाङ्गो फुङ्नाम’ पालाम्को म्यूजिक भिडियोको छायाङ्कन सम्पन्न भएको छ। भिडियोमा इन्द्र सुशिल लिम्बू, अञ्जना याक्खा क्याक, दुर्गा तुम्सा, रिता फोम्बो ठूली, मोती हुक्पा चोङबाङ, सुन्दर निङलेकु, असारसिं निङलेकु लगायतले अभियन गरेका छन्।

त्यस्तै ‘इक्सारे चङ्धो’ पालामको म्यूजिक भिडियोको पनि छायाङ्कन सम्पन्न भएको छ। असारसिं निङलेकु र दुर्गा तुम्साको स्वर तथा सुन्दर निङलेकुको शब्द–लय संकलन रहेको पालामको म्यूजिक भिडियोमा सञ्जिव लिम्बू, दुर्गा तुम्सा, एलिशा लिम्बू, दिपशिखा कन्दङवा लगायतको अभिनय रहेको छ।

असारसिं निङलेकु र मोती हुक्पा चोङबाङको स्वर रहेको ‘फेदाप हाङ्साम’ पालामको पनि म्यूजिक भिडियो छायाङ्कन भएको हो। नेम खापुङको शब्द तथा रिता फोम्बो ठूलीको लय संकलन रहेको उक्त पालामको म्यूजिक भिडियोमा सागर केरुङ र सुम्निमा खापुङ लगायत कलाकारहरुले अभियनय गरेका छन्।

अर्को पालाम् ‘नाम्सिङ्ग खेम्दु’ पालाम्को पनि भिडियो छायाङ्कन गरिएको छ। असारसिं निङलेकु र भीमा चेम्जोङको स्वर, सुन्दर निङलेकुको शब्द तथा भीमा चेम्जोङको लय संकलन रहेको पालामको भिडियोमा दीप केरुङ, भीमा चेम्जोङ, जीवन केदेम, गीता फोम्बो सीता फोम्बो, याम फत्र, सनी नेम्बाङ, अबि तुम्बापो लगायतले अभिनय गरेका छन्।

‘लाजोरी लासो’ पालाम्को पनि भिडियो छायाङ्कन गरिएको छ। असारसिं निङलेकु र ज्योतिकला हाङ्स्रोङको स्वर रहेको उक्त पालामको शब्द तथा लय संकलन सुन्दर निङलेकुको रहेको छ। पालामको भिडियोमा रिता फोम्बो ठूली, सुन्दर निङलेकु, जीवन केदेम, दुर्गा तुम्सा, गीता फोम्बो, दीप केरुङ, सीता फोम्बो याम फत्र, सनी नेम्बाङ, भीमा चेम्जोङ, अञ्जना याक्खा क्याक र अबि तुम्बापोको अभिनय रहेको छ।

त्यस्तै जीवन केदेम र दुर्गा तुम्साको स्वर, शान्ता केरुङको शब्द तथा दुर्गा तुम्साको लय संकलन रहेको ‘मिम्जी फुङ् काप्ला’ पालामको पनि म्यूजिक भिडियो छायाङ्कन गरिएको हो। उक्त भिडियोमा जीवक केदेम, दुर्गा तुम्सा, रिता फोम्बो ठूली, सुन्दर निङलेकु, दीप केरुङ, सीता फोम्बो, याम फत्र, सनी नेम्बाङ, भीमा चेम्जोङ, अञ्जना याक्खा क्याक र अबि तुम्बापोले अभिनय गरेका छन्।

उक्त म्यूजिक भिडियोहरुको पाँचथरको आङसराङ, यासोक, तेह्रथुमको मेयङलुङ, चोत्लुङ पार्क, गुफा पोखरी लगायतका विभिन्न रमणीयस्थलहरुमा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ। सबै भिडियोको निर्देशन हाङ चेम्जोङ र छायाङ्कन शिर कुमार राईले गरेका हुन्।