Advertisement Ad

प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रित किरात गोल्डकपको खेलतालिका सार्वजनिक

Advertisement Ad

४ मंसिर २०८०, पाँचथर। जिल्लाको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रित किरात गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ।

आयोजक पाँचथर फुटवल क्लवले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर फुटवल क्लवले मित्तेरी फुटवल क्लव तेह्रथुमको सामना गर्नेछ। सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल मंसिर १६ गते दिउँसो १२ बजेदेखि सुरु हुनेछ।

प्रतियोगिताको दोस्रो खेलमा बिर्तामोड युनाइटेड क्लव झापा र रेडहर्स क्लव इलाम आमने–सामने हुनेछन्। खेल मंसिर १७ गते दिउँसो साँढे एक बजेदेखि हुनेछ। त्यस्तै प्रतियोगिताको चौंथो खेल मंसिर १८ गते दिउँसो साँढे एक बजेदेखि हुनेछ। तेस्रो खेलमा पाहुना टोली भारतको युनाइटेड फुटवल क्लव दार्जिलिङ र डिएफसी मोरङले खेल्नेछन्।

प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङले ए डिविजन क्लव हिमालयन शेर्पा क्लव काठमाडौंको सामना गर्नेछ। यो खेल मंसिर १९ गते दिउँसो साँढे एक बजे हुने आयोजक संस्थाका राजु राईले बताए।

वाइ वाइ मूख्य प्रायोजक रहेको प्रतियोगिता मंसिर २३ गतेसम्म चल्नेछ। प्रतियोगिताको बिजेताले नगद ४ लाख ४ हजार ४४४ रुपैंयाँ र उपबिजेताले नगद २ लाख २ हजार २२२ रुपैंयाँ प्राप्त गर्ने आयोजकका अइन्द्र जबेगुल बताए।

जिल्लाको खेलकुद गतिबिधिलाई चलायमान बनाउन साथै आर्थिक गतिबिधि र पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउन प्रतियोगिता आयोजना गरिएको आयोजक पाँचथर फुटवल क्लवबा अध्यक्ष अनुराग केप्छाकी मगरले बताए।