Advertisement Ad

धरानमा थरगत सयङहरुको दोस्रो भेला हुँदै

Advertisement Ad

२० मंसिर २०८०, पाँचथर। सुनसरीको धरानमा लिम्बू थरगत संस्था (याक्थुङ सयङ) हरुको दोस्रो भेला हुँदैछ।

मंसिर २३ र २४ गते दुई दिनसम्म भेला चल्ने लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहले जनाएको छ। यसअघि २०७८ मंसिर १७, १८ र १९ गते तेह्रथुमको मेयङलुङस्थित छकलीटारमा पहिलो भेला सम्पन्न भएको थियो। सोहि भेलाको निरन्तरता स्वरुप धरानमा दोस्रो भेला गर्न लागिएको सहजीकरण समूहका संयोजक नन्द कन्दङवाले बताए।

भेलामा भूमी अधिकार र आन्दोलनबारे गहन छलफल, विमर्श र महत्वपूर्ण निर्णयहरु हुने बताइएको छ। यसपटकको भेलामा प्रदेशको नाम ‘कोशी’ खारेजीको सवालमा पनि गम्भिर छलफल हुने बताइएको छ। भेलाले विशेषतः याक्थुङ (लिम्बू) जातिको किपट र भूमी अधिकार सम्बन्धी सवाल उठाउनेछ।

भेलामा हरेक लिम्बू थरगत संस्था (याक्थुङ सयङ) हरुलाई सहभागिताका लागि आह्वान गरिएको छ। हालसम्ममा डेढसय बढी थरगत संस्थाहरुको उपस्थिति सुनिश्चितता भइसकेको बताइएको छ।