Advertisement Ad

किरात गोल्डकपः फाइनल प्रवेशका लागि आज पाँचथर र डिएफसी मोरङ भिंड्दै

Advertisement Ad

२० मंसिर २०८०, पाँचथर। फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप अन्तर्गत आज (बुधबार) देखि सेमीफाइनलका खेल सुरु हुँदैछन्।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा आयोजक पाँचथर फुटवल क्लव र मोरङको डाँगीहाट फुटवल क्लव (डिएफसी) भिंड्दैछन्। फिदिम खेलमैदानमा दिउँसो २ः३० बजेदेखि सुरु हुने खेलमा दुबै टोली जीत निकाल्दै फाइनल प्रवेश गर्न चाहन्छन्।

आयोजक पाँचथर फुटवल क्लल पहिलो क्वाटरफाइनमा तेह्रथुमको मित्तेरी फुटवल क्लव विरुद्ध २–० को जीत निकाल्दै सेमीफाइनल प्रवेश गरेको टोली हो। तेस्रो क्वाटरफाइनलमा पाहुना टोली भारतको युनाइटेड फुटवल क्लल दार्जिलिङसँग खेलेको डाँगीहाटले ६–३ गोलको सहज जीत दर्ता गर्दै सेमीफाइनल यात्रा तय गरेको हो।

प्रतियोगिताको पहिलो उपाधी दाबेदार टोली बन्नका लागि हुने आजको पहिलो सेमीफाइनल खेल निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ।

प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमीफाइनल खेल बिहीबार हुनेछ। अन्तिम सेमीफाइनलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवले झापाको बिर्तामोड युनाइटेड क्लवसँग खेल्नेछ। प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा रेडहर्ष इलाम विरुद्ध १–० को संघर्षपूर्ण जीत निकाल्दै बिर्तामोडले अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो। मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा ए डिविजन क्लव हिमालयन शेर्पालाई ४–३ ले रोक्दै ताप्लेजुङले फाइनल प्रवेशका लागि बिर्तामोडसक्को भेट पक्का गरेको हो।

मंसिर २३ गते सम्पन्न हुने प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४ हजार ४४४ रुपैंयाँ र उपविजेता टोलील नगद २ लाख २ हजार २२२ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर फुटवल क्लवले जनाएको छ।