Advertisement Ad

किरात गोल्डकपः ताप्लेजुङसँग हिमालयन शेर्पा पराजीत

Advertisement Ad

१९ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप अन्तर्गत मंगलबार भएकोअन्तिम क्वाटरफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवसँग डिविजन क्लव हिमालयन शेर्पा गोलले स्तब्ध बनेको 

सदरमुकामस्थित फिदिम खेलमैदानमा भएको खेलमा ताप्लेजुङले सुरुवाती अग्रता बनाएको थियो सुरुवाती तेस्रो मिनेटमै मनजीत येङदेनले हिमालयन शेर्पा क्ल्वका गोलकिपर कृषल मोक्तान बिट भएको अवस्थामा सुन्दर गोल गर्दै ताप्लेजुङलाई अग्रता दिएका थिए पहिलो हाफको २० औं मिनेटमा विदेशी खेलाडी ओस्कारले बराबरी गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काए तर ३९ औंमिनेटमा प्रबिन जबेगुको गोलसँगै पहिलो हाफमा ताप्लेजुङले को अग्रता बनायो

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै हिमालयन शेर्पा खेलमा फर्किन सफल भयो ५२ औं मिनेटमा वशन्त ओझाले गोल गर्दा हिमालयन शेर्पा खेलमा फर्किएको हो ताप्लेजुङका दिपेश लिम्बूले ६२ औं मिनेटमा गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए तर, ६९औं मिनेटमा आत्मघाती गोल उपहार पाउँदा हिमालयन शेर्पा पुनः खेलमा फर्कियो अत्यन्तै प्रतिश्पर्धात्मक खेलको ७७ औं मिनेटमा प्रबिन जबेगुले व्यक्तिगत दोस्रो गोल गर्दै ताप्लेजुङलाई को जीत दिलाए

खेलको म्यान अफ् दि म्याच कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङका गोलकिपर आकाश लिम्बू बने उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे ओस्कार फोफोना इब्राहिम दुई विदेश खेलाडि सहित मैदान उत्रिएको गत सिजनको डिविजन लिगमा ११ औं स्थानमा रहन सफल हिमालयन शेर्पाको सुखद सुरुवात गर्दै प्रतियोगितामा उपाधी चुम्ने सपना अधुरो रह्यो  

सेमीफाइनल समीकरण पूरा

मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइन खेलसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण  पूरा भएको विजयी कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङले अब प्रतियोगिताको फाइन प्रवेशका लागि २१ मंसिरमा झापाको बिर्तामोड युनाइटेडसँग खेल्नेछ प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनल खेल बुधबार आयोजक पाँचथर फुटवल क्लव डाँगिहाट फुटवल क्लव मोरङबीच हुने आयोजक पाँचथर फुटवल क्लवका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए