Advertisement Ad

ट्राईब्रेकरमा पाँचथर निरास, डाँगीहाट एफसी प्रथम किरात गोल्डकपको फाइनलमा

Advertisement Ad

२० मंसिर २०८०, पाँचथर। आयोजक पाँचथर फुटवल क्लवलाई ट्राइब्रेकरमा निरास पार्दै मोरङको डाँगीहाट फुटवल क्लव (डिएफसी) पाँचथर सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको उपाधी नजिक पुगेको छ ।

सदरमुकामस्थित फिदिम खेलमैदानमा बिहीबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा आयोजक पाँचथर फुटवल क्लव ट्राईब्रेरमा चुकेको हो । प्रतिश्पर्धात्मक खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि भएको ट्राईब्रेकरमा डाँगीहाट मोरङले ४–१ गोलले बाजी मार्यो ।

ट्राईब्रेकरमा डाँगीहाट फुटवल क्लव मोरङको तर्फबाट उमेश राई, सञ्जय धिमाल, उमेश कार्की र अभिषेक लिम्बूको प्रहारले जाली चुम्यो । आयोजक पाँचथर फुटवल क्लवको तर्फबाट पहिलो प्रहार गरेका कप्तान रोशन आङदेम्बेको प्रहार आकासियो । दोस्रो प्रहारका लागि गएका असिम राईले गोल गरे । तर, तेस्रो प्रहारका लागि गएका प्रकाश धमलाको प्रहारलाई मोरङका गोलकिपर प्रमिजय गच्छेदारले बचाए ।

मोरङका गोलकिपर प्रमिजय खेलको म्यान अफ् दि च्याच बने । उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे । कडा प्रतिश्पर्धात्मक भएको खेलमा दुबै टोलीले सुन्दर अवशरहरु सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल ट्राईब्रेकरमा धकेलिएको थियो । जारी प्रतियोगिताको यो पहिलो ट्राईब्रकर हो ।

प्रतियोगिता अन्तर्गत दोस्रो तथा अन्तिम सेमीफाइनल खेल बिहीबार दिउँसो २ः३० बजेदेखि झापाको बिर्तामोड युनाइटेड क्लव र ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवबीच हुने आयोजक पाँचथर फुटवल क्लवले जनाएको छ ।