Advertisement Ad

किरात गोल्डकपः आज फाइनल प्रवेशका लागि बिर्तामोड युनाइटेड र ताप्लेजुङ भिंड्दै

Advertisement Ad

२१ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको अन्तिम सेमीफाइनल खेल आज (बिहीबार) हुँदैछ।

फिदिम खेलमैदानमा दिउँसो २ः१५ देखि सुरु हुने खेलमा कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङले झापाली टोली बिर्तामोड युनाइटेडको सामना गर्दैछ। इलामको रेडहर्ष क्लवलाई क्वाटरफाइनलबाटै घर पठाउदै सेमीफाइन यात्रा तय गरेको बिर्तामोड आजको खेलमा सुखद नतिजा निकाल्दै फाइनल प्रवेश गर्न चाहन्छ।

यता प्रतियोगितामा सहभागि ८ टोलीमध्ये एक्लो ‘ए’ डिविजन क्लव हिमालयन शेर्पालाई पन्छाउदै अन्तिम सेमीफाइनलका लागि बिर्तामोडसँगको भेट पक्का गरेको ताप्लेजुङ पनि उच्च मनोवलकासाथ मैदान उत्रिनेछ। त्यसैले आजको खेल निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ।

आजको खेलको विजेताले मंसिर २३ गते प्रतियोगिताको पहिलो उपाधीका लागि मोरङको डाँगीहाट फुटवल क्लवसँग खेल्नेछ। बुधबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा आयोजक पाँचथर फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ४–१ ले स्तब्ध पार्दै डाँगीहाट फाइनल प्रवेश गरेको हो ।