Advertisement Ad

पत्रकार देवानमाथि भएको आक्रमणको फोनिजद्वारा भत्र्सना

Advertisement Ad

२१ मंसिर २०८०, विराटनगर। पत्रकार प्रेम देवानमाथि बिहीबार विराटनगरमा भएको आक्रमणको घटनाको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० प्रदेश समितिले भत्र्सना गरेको छ।

फोनिजले विज्ञप्ती जारी गर्दै फोनिज प्रदेश समिति कोषाध्यक्ष तथा विराटनगरबाट ओबी मिडियाद्वारा सञ्चालित आवर विराटनगर डट नेटका समाचार संयोजक देवानमाथि बिहीबार भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भिर ध्यानाकार्षण भएको जनाएको छ।

विराटनगरस्थित सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणका लागि विराटनगर महानगरको भूमीका प्रभावकारी नभएको भन्दै स्थानीय र पीडितले बिहीबार महानगर कार्यालय घेराउ गरेका थिए।

उक्त बिरोध कार्यक्रमको समाचार संकलन गर्न त्यहाँ पुगेका पत्रकार देवानमाथि आन्दोलनकारीरे आक्रमण गरेका थिए। आक्रमणबाट पत्रकार देवानको शरीरका विभिन्न स्थानमा चोट लागेको बताइएको छ।

आन्दोलनकारीले नै समाचार संकलन गर्न बोलाएर आफू त्यहाँ पुगेको पत्रकार देवाले बताए। अन्ततः उनीहरुबाटै आफूमाथि आक्रमण भएको पत्रकार देवानको भनाई छ।

फोनिज प्रदेश अध्यक्ष सन्तबीर लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाप्रति खेद प्रकट गर्दै घटनाका दोषीलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरिएको छ।

नेपाल पत्रकार महासंघ मोरङ शाखा, प्रेस सेन्टर नेपाल मोरङ र ओबी मिडियाले पनि छुट्टाछुट्टै विज्ञप्ती निकाल्दै घटनाको भत्र्सना र दोषीलाई कारबाहीको माग गरेका छन्।