२० माघ २०८०, पाँचथर। पाँचथर नागीका एक व्यक्तिको झापा बुद्धशान्तिमा हत्या भएको छ।
बुद्धशान्ति–३ स्थित पाथीभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागीका ३५ बर्षीय बिक्रम सेनेहाङको हत्या भएको हो। उनको झापाको सिवशताक्षी–८ पोखरी टोल घर भएका सोही उद्योगमा काम गर्दै आएका अन्दाजी १९ बर्षीय मिलन पुरकोटीले हत्या गरेको प्रहरीले जनाएको छ।
सामान्य बिवादको क्रममा शुक्रबार साँझ पुरकोटीले सेनेहाङलाई काठको मुङ्ग्रो र फलामको हमरले टाउकोमा प्रहरी गरी शक्त घाइते बनाएका थिए। सेनेहाङको उपचारको क्रममा बिर्तामोडको बी एण्ड सी अस्पतालमा शनिबार बिहान सवा पाँच बजे मृत्यु भएको थियो।
हत्यामा संलग्न पुरकोटीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता, प्रहरी निरिक्षक ढुण्डीराज गिरिले बताए।
