Advertisement Ad

Advertisement Ad

ऐतिहासिक तङ्सुम तङ्नाम, त्रिशाली पूजा तथा मेला वैशाख १७ देखि २३ गतेसम्म लाग्ने

२८ माघ २०८०, पाँचथर। कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा तीन–तीन बर्षमा लाग्ने ऐतिहासिक तङ्सुम तङ्नाम, त्रिशाली पूजा तथा मेला आउँदो २०८१ वैशाख १७ गतेदेखि २३ गतेसम्म लाग्ने भएको छ।

कुम्मायक गाउँपालिकामा हालै सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय भेलाले तङ्सुम तङ्नाम, त्रिशाली पूजा तथा मेला २०८१ वैशाख १७ देखि २३ गतेसम्म लगाउने निर्णय भएको गाउँपालिका अध्यक्ष बमप्रसाद लाओतीले जानकारी दिए।

भेलाले कुम्मायक गाउँपालिका, वडा नं.४ का वडाअध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फेको अध्यक्षतामा ३१ सदस्यीय तङ्सुम तङ्नाम, त्रिशाली पूजा तथा मेला मूल समारोह समिति गठन गरेको छ।

गठित समितिको उपाध्यक्ष डिल्ली कुमार लिम्बू, सचिव जकेन्द्र लाओती, सह–सचिव राजेश्वर सम्बाहाम्फे र कोषाध्यक्ष उमा चाम्लिङ राई रहेका छन्। मूल समारोह समितिको चाँडै बैठक बसी उप समितिहरु निर्माण गरिने बताइएको छ।

तङ्सुम तङ्नाम, त्रिशाली पूजा तथा मेला पूर्वको चर्चित मेलामध्ये एक हो। सो अवशरमा याक्थुङ (लिम्बू) जातिले आराध्यदेवीको रुपमा पुज्ने युमा? स्त्रीमानवको रुप धारण गरेर प्रकट भएको पवित्रस्थल यासोकस्थित कुम्मायक र कुस्सायक देवस्थलमा युमा?को विशेष पूजा तथा आराधाना गरिन्छ।

सो अवशरमा यासोक कुम्मायक–कुस्सायक क्षेत्रमा नेपालका विभिन्न जिल्लासँगै भारतको सिक्किम, दार्जिलिङ, बर्मा र भूटानसम्मका भक्तजन युमा?को पूजा, आराधाना गर्न यहाँ पुग्ने कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्र कुमार लाओतीले बताए।

मेलाको अवशरमा सदाझैं यसपल्ट पनि कुम्मायक–कुस्सायकमा पूजासँगै रमाइलो मेला, कुम्मायक–कुस्सायक गोल्डकप फुटवल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम र स्थानीय मौलिक परिकारहरुको स्टलहरु रहने मूल समारोह समितिका अध्यक्ष तथा कुम्मायक–४ का वडाअध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फेले बताए।