Advertisement Ad

लिम्बू साँस्कृतिक परिषद तेह्रथुमको चौंथो अधिवेशन सम्पन्न

Advertisement Ad

२८ माघ २०८०, तेह्रथुम। किरात याक्थुङ चुम्लुङ, लिम्बू साँस्कृतिक परिषद तेह्रथुमको अध्यक्षमा रितुराज थेगुवा निर्वाचित भएका छन्।

तेह्रथुम सदरमुकाम मेयङलुङमा शुक्रबार सम्पन्न चौथों जिल्ला अधिवेशनले थेगुवाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो। नव निर्वाचित समितिको उपाध्यक्ष बेनुराज फुदोङ, सचिव बुद्धबीर सिङजाङगो, सह–सचिव घनश्याम लिम्बू र कोषाध्यक्ष पार्वता तेयुङ निर्वाचित भएका छन्।

सदस्यमा गजेन्द्र फोम्बो, रोहिता लिम्बू, प्रेमबहादुर आङबुङ, नरपती चोङबाङ, फुलकुमारी सेरेङ र लक्ष्मी तेयुङ निर्वाचित भएका छन्। अधिवेशन लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष सागर केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।