Advertisement Ad

दुवाल र भट्टराईलाई समथिङ राष्ट्रिय पुरस्कार, गौतम र राईलाई समथिङ राष्ट्रिय सम्मान

Advertisement Ad

इवारा लिम्बू

२९ माघ २०८०, पाँचथर। समथिङ फाउण्डेशन नेपाल, पाँचथरले दुई लेखकलाई पुरस्कृत र दुई स्रष्टालाई सम्मान गरेको छ।

सोमबार फिदिममा आयोजित कार्यक्रममा समथिङ राष्ट्रिय पुरस्कार २०७८ बाट बनेपा काभ्रेका साहित्यकार मोहन दुवाल र समथिङ राष्ट्रिय पुरस्कार २०८० बाट दिग्गज लेखक एवंम् समालोचक डाक्टर गोविन्दराज भट्टराईलाई पुरस्कृत गरिएको हो । दुवाल र भट्टराईलाई जनही ५५ हजार ५ सय रुपैंयाँ राशी सहितको पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै समथिङ राष्ट्रिय सम्मान २०७८ र २०८० बाट क्रमशः पाँचथरे नारी स्रष्टाद्वय शान्ता गौतम र मिना राई सम्मानित भएका छन् । स्रष्टाद्वय गौतम र राईलाई जनही ५ हजार ५ सय ५५ रुपैंयाँ सहित सम्मान गरिएको हो ।

पुरस्कृत तथा सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि, पूर्व अर्थराज्यमन्त्री दीपक प्रकाश बाँस्कोटाले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । कार्यक्रममा समथिङ फाउण्डेशनका तत्कालीन संरक्षक स्वर्गिय रामप्रकाश समथिङको व्यक्तित्वबारे नरेन्द्र कुमार केरुङ, पुरस्कृत साहित्यकारद्वयको व्यक्तित्वबारे गिरिराज बाँस्कोटा र सम्मानित स्रष्टाद्वयको व्यक्तित्वबारे खड्ग बोहोराले प्रकश पारेका थिए ।

समथिङ फाउन्डेशन नेपाल, पाँचथरले हरेक दुई–दुई बर्षमा प्रदान गर्ने पुरस्कार तथा सम्मान २०७८ मा कोरोना महामारीका कारण स्थगित भएको थियो । फाउन्डेशनका तत्कालीन संरक्षक, लेखक स्वर्गिय रामप्रकाश समथिङको ५५ औं जन्मजयन्तीको अवशरमा उक्त पुरस्कार तथा सम्मान वितरण गरिएको फाउण्डेशनका अध्यक्ष मंगल बेघाले बताए ।